दमक नगरपालीकाका दिवंगत दुईजना पुर्व प्रशासकहरुको आज नगरपालीकामा श्रद्धाञ्जली सभा सम्पन्न

0
875

फागुन २३/
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका दमक नगरपालिकाका पूर्व कार्यकारी अधिकृत तथा प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र सवारी दुर्घटनामा ज्यान गुमाएका पुर्व कार्यकारी अधिक्रित गणेश भट्टराईको स्मृतिमा आज दमक नगरपालीकाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
त्यस क्रममा नगर प्रमुख रोमनाथ ओलीले जनप्रतिनिधि नहुदाँ पनि कर्मचारीको नेतृत्वमा उहाँहरुले पुरयाँउनुभएको योगदानको स्मरण गर्नुभयो । उहाँले दिवंगत प्रशासकको योगदानका कारण नगरपालिकाले विकास र समृद्धितर्फ उन्मुख भएको जोड दिनुभयो ।
त्यस्तै, स्मृति सभामा नगर उपप्रमुख गीता अधिकारीले पूर्व प्रशासकद्धयको योगदान दमकका लागि सधै प्रेरक भएको औल्याउनुभयो ।
दमकका पूर्व कार्यकारी अधिकृत दाहालको गत फागुन १५ गते ताप्लेजुङ्गमा संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गएको थियो भने भट्टराईको गत फागुन ६ गते सडक दुर्घटनामा परेर ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here