भूटानी शरणार्थी शिविरमा पुन आगलागी

आगलागीबाट ३ घर पूर्णरुपमा जलेर खरानी, दुई घाइते

0
3096


आगलागीबाट ३ घर पूर्णरुपमा जलेर खरानी, दुई घाइते

२४ फाल्गुन २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज पुन आगलागी भएको छ । आज बजे तिर वेलडाँगी २ सेक्टर बी/२ घर नम्बर ७७ बाट आगलागी शुरु भएको शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीले जानकारी दिएको छ । आगलागीमा परेर ३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् भने अन्य केही घर भत्काउँदा क्षति भएको बताइएको छ । आगलागीबाट सोही सेक्टरको घर नम्बर १११ को भक्तिप्रसाद बराल, घर नम्बर ९२/९३ का रामबहादुर सुव्बाको घर पूर्णरुपमा खरानी भएका छन् । आगलागी हुँदा खाना पकाउने ग्याँस पड्केर लाग्दा दुई घाइते समेत भएका छन् । घाइते हुनेमा हर्कबहादुर बस्नेत, माया राई रहेका छन् । आगलागीबाट के कति क्षति भयो भन्ने विषयमा विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी आफै भएको हो कि कसैले लगाएको भन्ने विषयमा छानविन भईरहेको प्रहरीले जानकारी दिएको छ । यस अघि स्थानमा एकै दिन आगो लगाइएकोले यो घटना पनि सुनियोजित तवरले भएको हुन सक्ने आशंका गरिएको शसस्त्र प्रहरी निरीक्षक दिनेश आचार्यले जानकारी दिनु भएको छ ।
ढेड महिनाको अवधिमा शरणार्थी शिविरमा ४ वटा आगलागी घटनाबाट १५ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् भने आगलागी नियन्त्रणको क्रममा केही घर भत्काइएको छ ।

see live video

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here