विनेसामको बैठक सम्पन्न: हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली

0
707

Post Report: March 3, 2019 | Manipur India
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित बैठक यही फल्गुन १६ गते दनुसार २८ फेब्रवरी २०१९ को दिन साइवरिय प्रविधिमा विश्वका अनेक देशमा रहेका महासङ्घ प्रतिनिधिहरुको संलग्नतामा सम्पन्न भएको छ । महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले गत फल्गुन १५ गते बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवरा
ज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर धु्रवदास भोछिभया, हेलिकोप्टर चालक प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ नेपाली सेनाका जमदार अर्जुन घिमिरेको देहासानमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ |

गत अगस्त महिनामा वेलायतमा सम्पन्न भएको दास्रो विश्व नेपाली साहित्य सम्मेलनमा प्रस्तुत भएका महत्वपूर्ण कार्यपत्रहरु र विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारीहरुसाथै सल्लाहकारहरुको एकएक रचना संकलन गरेर तत्काल पुस्तक प्रकाशन गर्ने पनि उक्त बैठकले निर्णय गरेको छ । आगामी मार्च महिनाको २१ तरिक कविता दिवशको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासङ्घ म्यान्मार शाखा र नेपाली राजदुतावास म्यान्मारको संयुक्त तत्वावधानमा नेपाली राजदुतावास म्यान्मारमा हुनलागिरहेको वृहत्त कवि गोष्टीको पूर्ण सफलताको शुभकामना सहित महासङ्घका केन्द्रीय सदस्य राहुल राई बोगिको मणिपुर भारतलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाउने निर्णयको साथै महासङ्घको केन्द्रीय कोषाध्यक्ष सावित्रा लुइँटेल घिमिरेकी छोरीको बिबाह भर्खरै सम्पन्न भएको हुनाले बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

महासङ्घका महासचिव डा लेखनाथ काफ्लेले ताइवानबाट सन्चालन गरेको उक्त बैठकलाई अन्तमा अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले आफ्नो धारणा राख्दै बैठकको समापन गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here