अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा नेपाल महिला संघद्वारा दमकका विभिन्न क्षेत्रका चार जना अग्रज महिलाहरु सम्मानीत

0
991

फागुन २२/
समान दायित्व समान अवसर भन्ने उद्घोषका साथ १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर आज दमकमा विभिन्न क्षेत्रका चार जना अग्रज महिलाहरुलाई सम्मान गरिएको छ ।
नेपाल महिला संघ क्षेत्रीय समिति क्षेत्र नम्वर ५ र दमक नगर समितिले दमकस्थित कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रम गरि अग्रज महिलाहरुलाई दोसल्ला ओढाएर सामूहिक सम्मान गरेको हो ।
यसरी सम्मानीत हुनेहरुमा कुचीकार मन्टुकुमारी रजत, दया लक्ष्मी सुन्दास, भक्तमाया खड्का र मधुमाया कार्की हुनुहुन्छ । विभिन्न क्षेत्रमा संलग्न महिलाहरुको श्रमलाई सम्मान गर्दे त्यस्तो सम्मान प्रदान गरिएको संघकी क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाईले जानकारी दिनुभयो ।
संघकी जिल्ला सभापति शुसीला ढकालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा, पूर्व नगर सभापति पदम कोइराला, पार्टीका जिल्ला सदस्य मेनुका बुढाथोकी , जिल्ला सदस्य राजन बहादुर ढुंगाना लगायतले अन्तर्राष्ट्रिय नारी दिवसको महत्वका बारेमा चर्चा गर्नु भएको थियो । वक्ताहरुले महिलालाई समान दायित्वसंगै नीति निर्माण तहदेखि रोजगारीका हरेक क्षेत्रमा समान अवसर दिनुपर्ने औल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here