माङहिमको नयाँ समिति गठन

अध्यक्षमा खालिङ चयन

0
815

अध्यक्षमा खालिङ चयन

१७ फाल्गुन २०७५
दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगी १ मा रहेको किरात माङ्पोकलुङ माङ्हिमको नयाँ कार्य समिति गठन भएको छ ।

आज शुक्रबार बसेको भेलाले पुर्नगठित समितिको अध्यक्षमा चिरञ्जीवि राईको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा विनय देवान र सुमन दिम्माली, सचीव धन बहादुर पुमा, सह–सचीव नरमाया वोखिम, कोषाध्यक्ष गुमानसिंह लुगुन र सह–कोषाध्यक्षमा दिलिप राजालिम रहनु भएको छ । यस्तै सदस्यहरुमा टेकबहादुर माङ्पाङ, गोपाल चन्द्र लुगुन, हर्क साम्पाङ, पदम चङबाङ, सुन्दरी सुनुवार, शेरबहादुर लावाती, सुनिता खुदाङ र डम्बर बम्जन रहनु भएको छ ।

यस्तै सल्लाहकार समितिमा कृष्ण लिङ्देन, सन्चहाङ्ग खेवा सुब्बा, लाखजित नेम्बाङ र कर्ण काम्बाङ रहनु भएको छ । महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानका अध्यक्ष डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष लुगुनबाट प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण लिङ्देनले नयाँ कार्य समितिलाई शुभकामना दिँदै आफूले समेत किरात समूदायका लागि सक्दो कार्य गर्ने बताउनु भयो ।
दमक २ स्थित बेलडाँगी १ मा रहेको सो किरात मन्दिर यस अघि माघ २४ गते हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here