गजल

0
1697
गजलकार- पातलो अन्तरे

                                                                                                   लिलाधर अधिकारी -‘पातलो अन्तरे’

गल्ती आफ्नो पक्का भए गाली पनि स्विकार्छु
राम्रो काममा फुर्किन्छु म ताली पनि स्विकार्छु

नरम बोली शान्त स्वभाव कुन दिमागले पचाउदैन
बाहिरी रूपको भरै हुन्न काली पनि स्विकार्छु

विचार शुद्ध भए यहाँ भय छैन काहिँ पनि
श्रीमतीले हुन्छ भने साली पनि स्विकार्छु

कहिले पूर्ण हुन्न जीवन कैले माना कैले पाथी
जीउन जीवनसँग कहिले खाली पनि स्विकार्छु

(Note-स्वीकारोक्ति सिद्धान्तमा आधारित गजल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here