सुनसरीको दुहवीमा गोली प्रहार, स्थानीय फिदा हुसेनको हत्या

0
534

५ मंसिर, काठमाण्डौ । सुनसरीको दुहबी एक मुस्लिम समुदायका व्यक्तीको गोली हानी हत्या गरिएको छ । बुधबार बिहानै मर्निङ वाकमा निस्किएका दुहवी ९ छाताबेलीका फिदा हुसेनमाथी मोटरसाइकलमा आएका युवाले गोली हानेको प्रत्यक्षदर्शीहरुले जनाएका छन । दक्षिणतिरबाट आएका उनिहरुले फुसेनलाई गोली प्रहार गरी उतैतर्फ भागेको प्रहरीले जनाएको छ । घटनापछि शंकास्पद केही ब्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । यद्यपी हत्यारा पक्राउ नगरिएको भन्दै मृतकका आफन्तले दुहवी बजारमै पाल टाँगेर कोशी राजमार्ग ठप्प पारेका छन ।

दुई महिनाभित्र सुनसरीमा श्रृंखलाबद्ध रुपमा मुस्लिम समुदायका ब्यक्ती लक्षीत आक्रमण भएपछि उनिहरु चिन्तित भएका छन । गत असोज पहिलो साता सुनसरीको घुस्कीमा स्थानीय खुर्सिद आलम पनि गोली प्रहारबाट हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here