कञ्चनपुरमा शुक्रबार पनि गोलि चल्यो, अवोध बालकको मृत्यु (भिडियो सहित)

0
656

८ भदौ, काठमाडौं । बिहिबार अपरान्ह ५ बजेदेखि लगाइएको कर्फ्यू शुक्रबार विहानै हटेसँगै सामान्य भनिएको कञ्चनपुरको जनजीवन फेरी तनावग्रस्त बनेको छ । भिमदत्त नगरपालिका २ की १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणलाई लिएर चर्किएको आन्दोलन पुनः उग्र भएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट छन् । घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको छ । प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय र त्यहाँको सवारी साधानसमेत तोडफोड गरेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो । यद्यपि, स्थिति नियन्त्रणमा नआएपछि गोली चलेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिएका छन ।

यसअघि विहिबार पनि प्रदर्शनमा गोलि चल्दा ८ जना घाइते भएका थिए । गोलि चलेलगत्तै शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्रालयले सिडिओ र एसपी परिवर्तन समेत गरेको थियो । घटनाको छानबिनका लागि भन्दै गृह मन्त्रालयबाट सहसचिवस्तरीय छानबिन टोलि समेत गठन भइ कञ्चनपुर पुगेर अध्ययन गरिरहँदा शुक्रबार पुनः बालकको मृत्यु हुने गरी गोली चलेपछि घटना अर्कैतिर मोडिएला भन्ने त्रास सृजना भएको छ । गत साउन १० गते बालात्कारपछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्तका बालात्कारी र बास्तबिक हत्यारा पत्ता लगाउन माग गर्दै झण्डै साता दिनदेखि कञ्चनपुरमा आन्दोलन चर्किरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here