यूटाह सांस्कृतिक कार्यक्रम जनवरी ३मा

0
981

यही मिती ०३ जनवरी २०१५, शनिवारको दिन यूटाहको भुटानी इन्टरफेथ किराँत समाज (Bhutanese Inter-Faith Kirant Society, Utah USA) द्वारा Utah Event 01-03-15दोस्रो वार्षिक सांस्कृतिक कार्यक्रम आयोजना हुने भएकोले आयोजक समिती निमन्त्रणा स्वरुप यो जनकारी सर्वजनिक गर्दछ ।

आयोजक समितिका प्रतिनिधी गणेश गुरुङले संचारमाध्यमलाई जनाए अनुसार कार्यक्रममा विभित सांस्कृतिक प्रस्तुतीहरु, सांस्कृतिक झांकी, भुटानी फ्लमिङ्-गो बेन्ड (Bhutanese Flaming-GO Band) द्वारा प्रत्यक्ष सांगितिक प्रस्तुती र गायिका नलिना चित्रकार लगायत विभिन्न कलाकारहरु द्वारा गायन प्रस्तुतीहरु भव्यताको साथ प्रस्तुत गरिने छ ।
विसुध्द सांस्कृतिक रहने उक्त कार्यक्रममा स-परिवार सहभागी भई सकेसम्म कार्यक्रमको मज्ज लिन आयोजक समिती यूटाह वासी सम्पुर्णलाई यही संचार-माध्यम द्वारा आव्हान गर्द छ । कार्यक्रम मनोरन्जन तथ सांस्कृती प्रवर्धनको उध्देश्य रहेको आयोजकले जानकारी गराएको छ ।
मिती ०३ जनवरी २०१५, सनिवारको दिन दिउसो एक बजे देखी सुरु हुने भनी तय गरिएको कार्यक्रम 4961 South State St. ‘Murray Theater’मा हुने भएको छ ।
थिएटेर आउन नभुल्नु होला!

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here