२९ असार, काठमाण्डौ । छोराको हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बस्नुभएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले ४६ औं दिनमा अनसन स्थगित गरेकी छन । छोरा कृष्णप्रसादको हत्यारालाई कार्बाही गर्ने प्रतिबद्धता समेटिएको कानुनमन्त्रीको पत्र प्राप्त भएपछि गंगामायाले अनसन स्थगित गरेकी हुन । उनलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन स्थगित गराएका हुन । गंगामायाको अनसनमै रहँदा गत आइतबार कृष्णप्रसादकै हत्या अभियुक्त छविलाल पौडेल सर्बोच्च दालतमा आत्मसमर्पणपछिपुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा रहिरहदा गंगामायाको अनसन स्थगित भएको हो । लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी थिइन ।
ताजा पोष्ट
जब म फर्किएँ…
नेपाल भ्रमण: जरा, सम्बन्ध र आत्माको पुनर्जागरण
कहिलेकाहीँ जीवनले यस्तो मोड दिन्छ, जहाँ यात्रा केवल गन्तव्यसम्म पुग्ने माध्यम हुँदैन, त्यो आत्मासँगको पुनर्मिलन बन्छ।...
नेपाली साहित्यका तेजिलो तारा, जसको उज्यालो आज सात समुन्द्र परसम्म पुगेको छ
काठमडौं । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय/खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ज भएका छन्...
बेलडाँगीमा ‘दियालो’को पाँचौँ वार्षिक साहित्यिक उत्सव सम्पन्न
दियालोको पाँचौँ अङ्क सार्वजनिक, रचना वाचन र सांस्कृतिक प्रस्तुतिसहित भुटानी साहित्यको भव्य उत्सव
अर्जुन प्रधान
भुटानी साहित्यिक क्षेत्रको प्रवर्धन र स्रष्टाहरूको सम्मानका...












