भीम प्रधानलाई बाल साहित्य पुरस्कार छुदेन काबिमोलाई युवा साहित्य पुरस्कार

0
1262

आषाढ १०, २०७५ |अर्जुन राई
गान्तोक। साहित्य अकादमीको आधिकारिक वेबसाइडअनुसार साहित्य अकादमी, नयाँ दिल्लीद्वारा यस वर्षको ‘बाल साहित्य पुरस्कार’ भीम प्रधानको बाल कथासंग्रह ‘बाल कोसेली’-लाई प्रदान गरिने भएको छ भने युवा साहित्यकार छुदेन काबिमोको कथासंग्रह ‘1986’-लाई ‘युवा साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ।

साहित्यकार भीम प्रधान

साहित्यकार एवं सम्पादक भीम प्रधान कृत ‘बाल कोसेली’ कथासंग्रह (2013)-बाहेक ‘बालो कोसेली’ भनेर नै वर्ष 2012-मा कविता संग्रह प्रकाशित भइसकेको छ। यसबाहेक वर्ष 2000 देखि साहित्यकार प्रधानले बालक-बालिकाहरूलाई साहित्यप्रति डोहोर्याउने उद्देश्य राखेर ‘बाल दर्पण’ बाल तथा युवा साहित्यिक पत्रिका प्रकाशित गर्दै आइरहेका छन्। अहिलेसम्म बाल दर्पण 96औं अङ्कसम्म प्रकाशित भइसकेको छ भने यसै वर्षभित्र सयौं अङ्क सम्भवतः प्रकाशित हुनेछ। यसको निम्ति तयारी चलिरहेको स्वयं प्रधानले जानकारी गराएका छन्। बाल दर्पणका अघिल्ला अङ्कहरूमा राज्यका 28 वटा स्कूलका 38 वटा विशेषाङ्कसितै बालक-बालिकाहरूका रचनालाई लिएर ‘बाल प्रतिभा अङ्क’, ‘बाल संरक्षण अङ्क’ र ‘बाल पर्यावरण संरक्षण अङ्क’ पनि प्रकाशित छन्। यसबाहेक उनका रचनाहरू आकाशवाणी गान्तोकबाट केही दशकयता प्रसारित भइरहेका छन् भने सिक्किम तथा सिलगढीबाट प्रकाशित समाचार-पत्र तथा साहित्यिक पत्र-पत्रिकाहरूमा प्रकाशित छन्।

साहित्यकार छुदेन काबिमो

माता रनमाया प्रधान र पिता भक्तनारायण प्रधानको कोखमा अप्रेल 1958-मा जन्म लिएका साहित्यकार प्रधान यसक्षण आफ्नो विचार साझा गरेका छन्। ‘पुरस्कारको कुराले आनन्द त लाग्छ नै’ भीम प्रधानले भनेका छन् ‘ढिलोछिटो जस्तै भए पनि लगनशील भएर काम गरिरहे समयले मूल्याङ्कन गर्दोरहेछ।’ सिक्किमेली बाल साहित्यको सन्दर्भमा फोनमार्फत सोधिएको एउटा प्रश्‍नमा उनले भने, ‘धिमा गतिमा भए पनि सिक्किममा बाल साहित्यमाथि काम भइरहेको छ। पुरस्कारको घोषणाले थप ऊर्जा मिलेको छ।’ स्मरणीय, यसअघि सिक्किमबाट डा. शान्ति छेत्री र शंकरदेव ढकालले ‘बाल साहित्य पुरस्कार’ प्राप्त गरिसकेका छन्।

यसरी नै युवा साहित्यकार छुदेन काबिमोको कथासंग्रह ‘1986’-लाई यस वर्षको ‘युवा साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ। वर्ष 2015-मा प्रकाशित कालेबुङ निवासी कथाकार काबिमोको कथासंग्रह ‘1986’ अगिबाटै निक्कै चर्चा बटुली सकेको हो। ऐतिहासिक पृष्ठभूमिलाई समेटिएर लेखिएको यो संग्रहले ‘युवा साहित्य पुरस्कार’ पाउने भएपछि कथाकारसितको टेलिफोनिक सम्पर्कमा उनी भन्छन्, ‘अति भावुक मुडमा छु। धेरै कुरा भन्नुछ, तर केही भन्ने अवस्था मै छुइन।’ अर्को एउटा प्रश्‍नमा उनी भन्छन्, ‘यो खुशी म मेरो लेखनीलाई माया गरिदिने पाठकवर्गसित साट्न चाहन्छु।’ ‘1986’ पछि अहिले उपन्यास लेखनमा व्यस्त काबिमो भन्छन्, ‘अहिले एउटा उपन्यास लेखिरहेको छु। यो पुरस्कारले त्यसलाई ‘बुष्टअप’ गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here