अतिरिक्त समयमा ब्राजिलको शानदार गोल, कोस्टारिका २ – ० ले पराजित

0
845

८ असार, काठमाण्डौ । अतिरिक्त समयमा कोस्टारिकाविरुद्ध शानदार दुई गोल गर्दै ब्राजिलले बिश्वकप फुटबलमा पहिलो जित निकालेको छ । खेलको अधिकांश समय कोस्टारिकाबिरुद्ध हावी भएपनि निर्धारित ९० मिनेट सम्म गोल गर्न चुकेको ब्राजिलले अतिरिक्त समयको ९१ औं र ९७ औं मिनेटमा गोल गर्यो । उसका लागि काउटिन्हो र नेयमारले गोल गरे ।

जितसँगै ब्राजिलले दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । लगातार दुई खेल हारेको कोस्टारिका भने समूह चरणबाटै बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here