बिश्वकप फुटबलः फ्रान्स र क्रोएसीया क्वाटरफाइनलमा, अर्जेन्टिनाको दोस्रो चरण कठिन

0
1235

७ असार, काठमाण्डौ । विश्वकप फुटबल अन्तरगत बिहिबारको खेलमा फ्रान्स र क्रोएसीया लगातार दुई खेल जित्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन । शुक्रबार बिहान सम्पन्न खेलमा ग्रुप डि अन्तरगतको आफ्नो दोस्रो खेलमा पनि जित निकाल्दै क्रोएसीया दोस्रो चरण प्रवेश गरेको हो । पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसीयासँग तीन शुन्यको लज्जास्पद हार बेहोरेको छ ।

यो हारसँगै अर्जेन्टिनाको दोस्रो चरण प्रवेशको सम्भावना कमजोर भएको छ । अर्जेन्टिनी गोल किपर काबालेरोको गल्तिको फाइदा उठाउँदै क्रिएसीयाका एन्टे रेबिकले ५३ औं मिनेटमा गोल गर्दै क्रोएसीयालाई अग्रता दिलाए । त्यसपछि लगातारजसो खेलमा हावी भएको क्रोएसीयाले ८० औं मिनेटमा अग्रता दोब्बर बनायो । उसका लागि लुका मोडरिकले गोल गरे । क्रिएसीया यतिमा मात्र रोकिएन । खेलको अतिरिक्त समयमा इभान र्याकिटिकले अर्को गोल गर्दै क्रोएसीयालाई तीन शुन्यको जित दिलाए ।

फ्रान्स पनि दोस्रो चरणमा

यसअघि बिहिबार अबेर राति सकिएको दोस्रो खेलमा फ्रान्स लगातार दुई खेल जित्दै क्वाटर फाइनल प्रवेश गरेको छ । पेरु विरुद्धको फ्रान्सका क्येलियन मबापेले खेलको ३४ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

खेलको अधिकांश समय हावि हुँदै उत्कृष्ट प्रदर्शन गरेपनि लगातार दुई खेल हारेको पेरु समुह चरणबाटै बाहिरिएको छ । यसअघि बिहिबार साझको खेलमा डेनमार्कलाई एक/एक गोलको बराबरीमा रोकेको अष्ट्रेलियाले पनि दोस्रो चरण प्रवेशको सम्भावना जिवितै राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here