राष्ट्रकवि घिमिरेलाई पुन भारत लगियो

0
825

काठमाडौं | जेठ १९ गते मात्र (शनिवार) उपचारपछि भारतबाट ल्याइएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पुन भारत लगिएको छ । उनको स्वास्थ्यमा पुन गम्भीर समस्या आएपछि जेठ २० (आइतबार) बिहान काठमाडांैको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो ।

उक्त अस्पतालले घिमिरेको उपचारमा सुधार हुन नसकेको बताएको थियो । जेठ २१ (सोमबार) आज, उनलाई ग्रान्डीबाट पुनः भारतको दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ । अस्पताल स्रोतले दिएको जानकारीअनुसार राष्ट्रकविलाई पुनः पहिलेकै जस्तो समस्या बल्झिएकोले भारत लगिएको हो । घिमिरेलाई विहानै १० बजे भारत लगिएको जेठा छोरा इन्दिवर घिमिरेले बताएका छन् ।

श्रोतका अनुसार राष्ट्रकवि मेदान्त पुगिसकेका छन् । उनको सानो आन्द्रामा रक्तश्राव भएर बिरामी परेका राष्ट्रकवि घिमिरे शनिबार मात्रै भारतको मेदान्त अस्पतालमा १० दिन उपचार गरी फर्किएका थिए ।
आइतबार बिहानै स्वास्थ्यमा समस्या आएपछि उनको ग्रान्डी अस्पतालको हाइ केयर युनिटमा राखेर उपचार भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here