नेसाप मणिपुरको ३६ औं स्थापना दिवस सम्पन्न

0
1216
मणिपुर | सन् १९८२ जुन २ मा मणिपुरका भाषा सर्जक र चिन्तकहरुद्वारा भविष्यको चिन्ता गर्दै गठन गरिएको नेपाली साहित्य परिषद मणिपुर, आज ३६ वर्षे पुगेको सुअवसरमा ३६ औं जन्मोत्सव मनाइएको छ |
वर्षेनी गरिने स्थापना दिवस सधा झै अतिथिको आशन, माल्यार्पण, दीप ज्वलन, झण्डोतलन साथै परिषदका दिवांगत सदस्यहरुका निम्ती एक मिनट मौनधारण ,चित्रमा पुष्पा अर्पण पश्चात कार्यक्रम अघि बढ्यो। नेसापका मूल सचिव कीर्तिमणि खतिवडाले परिषदको विवरण दिदै, नेसापले वर्षेनी गर्दैआई रहेको कार्यक्रम साथै गर्नु पर्ने कामहरु उपश्थितिहरुमा छर्लङ्ग पार्दै , परिषदका मुख पत्र नेती प्रकाशन गर्दा लाग्ने रकम, समितिले भोगेको समस्या , बेच बिखनको दुख आदि विषयहरु उपस्थित भाषा-साहित्य प्रेमीहरु माझ व्यक्त गरे| यसरी प्रत्येक वर्ष परिषदले दिईने पुरस्कार कक्षा १० र १२ मा नेपाली विषयमा प्रथम र दोस्रो स्थान हासिल गर्ने विद्यार्थीहरुलाई अथिति लगायत परिषदका समितिहरुको हस्त बहुलीबाट पुरस्कार साथै सम्मान गरिएयो। यो पुरस्कार बरिष्ट लेखक नेसाप पूर्व सचिव भवानी अधिकारीको माता पिता र नेसापका पूर्व अध्यक्ष प्राध्यापक दुर्गा शर्माका माता पिताका नाममा दिईने पुरस्कार हो ।

यसरी मणिपुर राज्यभरी वाणिज्य विषयमा स्टेट टपर बनेका सागर आचार्यलाई पनि परिषदले सम्मान जनाए । परिषदको अध्यक्ष लोकबहादुर बस्नेतले सभाध्यक्षको आशन समाले पछि कांग्लातोम्बी ग्राम पञ्चायतका उपप्रधान दिपा थापा मुख्य अतिथिको रुपमा थिईन भने लैमाखोङ गोर्खा समाजका सचिव श्याम दाहाल , कांग्लातोम्बी मन्दिर वार्डका सदस्य शुशीला चापागाईं द्वय विशिष्ट अतिथिको रूपमा| कार्यक्रममा कांग्लातोम्बी हात्तीख्वा वार्ड र तिसपरी वार्डका महिला समितिद्वारा ससाना भाई बहिनिहरुको नृत्य प्रश्तुत गरेर उपश्थिति र दिवषलाई निकै तताए। कार्यक्रममा कविहरुले आ-आफ्नो सृजना पाठ गरेर साहित्यिक माहोल बनाउदै कविता प्रेमीहरुको मनलाई शान्त पार्न सफल बने। विशिष्ट अतिथिको बक्तब्यमा श्याम दाहाल ज्युले भाषा साहित्यको संरक्षण गर्नलाई हामी सबैले जुट्नु अति आवश्यकता औलाउदै परिषदको सदस्यता लिनै पर्ने भनी सबैमा अनुरोध गर्दै आफू पनि छिटै सदस्यता लिने बचन ब्यक्त गरे। 

त्यसैगरि दिपा थापा र शुशीला चापागाईंले पनि आफ्नो मन्तब्यमा भाषा साहित्य हाम्रो अभिन्न अङ्ग हो, यसको संरक्षणमा सबै एक भएर लागौ भनेर मनोबल बढाए। नेसापका सह सचिव र सिरोई सिर्जना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक राहुल राई बोगिकोद्वारा संचालित कार्यक्रममा बिभिन्न संघ संस्थाका अग्रज बुद्धीजीवी र विद्धान वर्गले खचाखच भरिएको कांग्लातोम्बी सर्वाजनिक भवन, साहित्यिक माहौलले रोचक बनेको थियो साथमा निरन्तर वर्षिएका पानी, शीत्तल मौसमको कारण मनोरम बनेको कार्यक्रम सभाध्यक्षको सम्भाषण संगसंगै समाप्त भयो|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here