कोरियन क्यारिटसका फादर चोको शिविर भ्रमण

0
1322

 शरणार्थी शिविरबाट विधालय नहटाउँन दाता समक्ष माग

  १९ जेष्ठ, २०७५/ डिकेश लामा
दमक/झापा तथा मोरङ्गमा लामो समय देखि बस्दै आएका भूटानी शरणार्थीहरुले शिविर रहेन्जेल विधालय नहटाउँन माग गरेका छन् ।
लामो समय देखि शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको सहयोगी संस्था कोरिया क्यारिटसका कार्यकारी निर्देशक फादर पाउल सँुघुन चो समक्ष ज्ञापन पत्र बुझाउँदै यस्तो माग राखेका हुन् । भूटानी शरणार्थीहरुको पछिल्लो शैक्षिक अवस्था बुझ्न कोरियाबाट आउनु भएका निर्देशक चो सहितको टोलीलाई शिविर रहेन्जेल विधालय नहटाउँन विन्ति पत्र चढाएका हुन् ।
       निर्देशक चोले आफूहरुले जति सक्दो धेरै समय भूटानी शरणार्थी बालबालिका लागि सहयोग गर्ने बताउनु भयो । निर्देशक चो सँग कोरियन पत्रकार चोइ योङ्ताएक जोन सहित अन्य दुई महिलाको सहभागिता क्यारिटस नेपाल दमक शाखाका कार्यक्रम अधिकृत एलएन पोखरेलले बताउनु भयो । फादर चोले यस वर्ष देखि स्थानीय समूदायका विधालयमा पढ्न जाँदै गरेका कक्षा ९ र १० का विधार्थीको अवस्था र असजताबारे उनीहरुको अभिभावकसँग बुझ्नु भएको छ । भ्रमणका क्रममा रहनु भएका फादर चोको टोलीमा स्वागत गर्दै शिविर सचीव टिकाराम रसाईलीले शिविर रहेन्जेल शिविर भित्र संचालनमा रहेको १ देखि ८ सम्म विधालय बन्द नगर्न आग्रह गर्नु भयो । यस्तै अपाङ्ग विधार्थीहरुलाई बाहिर गएर अध्ययन गर्न समस्या भएकोले शिविर क्षेत्रमा संचालित विधालयलाई बन्द नगर्न भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले फादर चोलाई आग्रह गर्नु भयो ।
भूटानी शरणार्थीहरुको संख्या घटेसँगै यस बर्ष देखि आधारभूत शिक्षा बाहेक शरणार्थी शिविरबाट हटाइएको बताइएको छ । हाल शरणार्थी शिविर वेलडाँगीमा कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विधार्थीको संख्या १ हजार १ सय ४८ जना रहेको क्यारिटस नेपाल दमक शाखाका कार्यक्रम प्रवन्धक देवेन्द्र पोखरेलले बताउनु भयो । यस्तै बाहिर समूदायका विधालयमा गएर पढ्ने कक्षा ९ र १० मा गरी २ सय १४ जना विधार्थी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here