१८ जेष्ठ, काठमाण्डौ । पाल्पाको हुमिनमा आज विहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन । पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारीका सदस्यहरु चढेको लु २ ख ९७५ नम्बरको वस रम्भा गाउँपालिका-४ हुमिनमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्यसहित तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ६ का सचिन बज्रार्चाय, तानसेन ३ का बसन्ती खाण, तानसेन ६ का गिता बुढाथोकी, तानसेन ३ कमला कार्की रहेका छन् । घाइते १४ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ताजा पोष्ट
कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान
अर्जुन प्रधान
साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्याएका पाँच...
GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...
ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...
छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड
अर्जुन प्रधान
मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...












