१८ जेष्ठ, काठमाण्डौ । पाल्पाको हुमिनमा आज विहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन । पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारीका सदस्यहरु चढेको लु २ ख ९७५ नम्बरको वस रम्भा गाउँपालिका-४ हुमिनमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्यसहित तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ६ का सचिन बज्रार्चाय, तानसेन ३ का बसन्ती खाण, तानसेन ६ का गिता बुढाथोकी, तानसेन ३ कमला कार्की रहेका छन् । घाइते १४ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ताजा पोष्ट
ग्लोबल भुटानी हिन्दु संगठनद्वारा आचार्य पर्वत राज घिमिरे मुख्य पुजारीमा नियुक्त
@अर्जुन प्रधान
ग्लोबल भुटानी हिन्दु अर्गनाइजेशन (GBHO) ले बसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा आचार्य श्री पर्वत राज...
न्यु ह्याम्पसायरमा नेपाली भाषी भुटानी र राजनीतिक बन्दीबारे ऐतिहासिक प्रस्ताव दर्ता
@अर्जुन प्रधान
न्यु ह्याम्पसायर — न्यु ह्याम्पसायर राज्य सभाको राज्य–संघीय सम्बन्ध र पूर्वसैनिक मामिला समितिमा भुटान सरकारद्वारा १९८० र १९९० को दशकमा नेपाली...
ग्रीनल्यान्ड : अमेरिकी चासो, शक्ति राजनीति र बदलिँदो आर्कटिक भू–राजनीति
विश्व शक्तिहरूको प्रतिस्पर्धा चर्किँदै जाँदा उत्तर ध्रुव नजिकको विशाल टापु ग्रीनल्यान्ड फेरि अन्तर्राष्ट्रिय राजनीतिमा केन्द्रमा आएको छ।
दोस्रो...












