सुन प्रकरणः फरार एसएसपी श्याम खत्रीबाट आत्मसमर्पण

0
813

१७ जेष्ठ, काठमाडौं साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि फरार रहेका निलम्बित एसएसपी श्यामबहादुर खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।

मंगलबार इन्टरपोलले डिफ्युजन नोटिस नै जारी गरेपछि उनि बिहिबार विहान अदालतमा उपस्थित भएका हुन्। खत्री विमानस्थलका कार्यरत रहँदा आफ्नै कार्यकक्षबाट सुन तस्करी गर्दै आएको अनुसन्धानमा खुलेको थियो। सोही आधारमा उनलाई फरार प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालय मोरङले संगठित अपराध र हत्या मुद्दा चलाएको थियो।  जिल्ला अदालत मोरङका अनुसार उनको बयान सुरु भएको छ। तस्करीका  मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती‘गोरे’ले खत्रीले नै आफ्नो सुन ओसार पसार गर्ने बयान समेत दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here