मिनेसोटामा सुगम पोख्रेल: प्रशंसकको घुइँचो

0
897

मिनेसोटा | नेपाली सुगम सङ्गीतका चर्चित पप गायक सुगम पोख्ररेलको मिनेसोटामा गत आइताबार भव्य र सभ्यताको साथ सङ्गीतिक कार्यक्रम समापन भएको छ ।

रमाइलो गन्तब्य इटरटेनमेण्डको प्रस्तुतिमा रहेको उक्त कायक्रममा समाजसेवी प्रमंमानन्द खतिवोडा ज्यूको स्वगत मतब्य पछि सुरु भएको सांगीतिक कार्यक्रममा एक्सेन्टर ब्याण्डले पोखरेलका लोकप्रिय गीतहरुमा संगीत वाद्ययंत्रहरू बजाएर सहयोग पुर्याउनुको साथै आफ्ना अन्य कला प्रस्तुत गरेका थिए |

कार्यक्रममा अन्य राज्यका कलाकारहरुको पनि उपश्थिती रहेको आयोजकले जानकारी दिएको छ । साउथ डाकोडाका अञ्जु गुरुङ्ग, अञ्जु तामाङ्ग, सन्तोष राइ लगायत सिता अधिकारी र अन्या कलाकारहरुले आफ्नो नित्य र गायन प्रस्तुत गरेका थिए । एक्सेन्टर ब्याण्डले स्थापना काल देखि निरन्तररुपमा मिनेसोटावासीहरुमा नेपाली गीत सङ्गीतबाट मनोरञ्ज प्रदान गदैआएको छ । बेण्डमा निराज मंगर, दावा तामाङ्ग, राम राई, भिम गुरुङ्ग, रमेश, कुशल र किशोर रहेका छन् ।एक्सेन्टर ब्याण्डको वेजोड प्रस्तुति पछि पोखरेलले आफ्नो चर्चित गीतहरुबाट करिब दुइ घण्टा दर्शकलाइ मनोरञ्जन दिलाएका थिए । आफ्ना प्रसंशकको घुइँचो देखेर आफु खुशि भएको भन्दै गायक पोखरेलले अन्य दिनहरुमा पनि मिनेसोटा आउने जानकारी दिएका छन् ।

नेपाली कलाकार र गीत सङ्गीतलाई सम्मानगरि अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्य रहेको फिउजन इन्टरनेसनलका कार्यक्रम संयोजक रायन रेसले जानकारी दिएका छन् । पोख्ररेल अबको तीन महिना अमेरिकाको विभिन्न राज्यहरुमा आफ्नो सुगम पोख्ररेल टुर लिएर हिड्ने छन् ।
(प्रतिलिपि अधिकारको कारण तस्विरहरु परिवर्तन गरिएको छ | –सम्पादक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here