ओली सरकारका सय दिनः सिण्डिकेट र तस्करीमा गरम, बाँकी काममा नरम !

0
1063

११ जेठ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सय दिन अर्थात हनिमुन प्रियड पूरा भएको छ । भारी मतसहितको सिंहदरबार छिरेका तत्कालिन एमाले र माओवादी सय दिनमा नेपाल कम्युनिष्ट पार्टीमा परिणत भएका छन् । यो उनिहरुको पार्टिगत बिषय भएपनि यसले जनस्तरमा दीर्घकालिन प्रभाव राख्नेमा सायदै मत बाँझिएला । यही अवधिमा सरकारले गरेका सम्झनलायक काममा यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउनेदेखि सुन तस्करी प्रकरणमा माथिल्लो तहकै खोजिमा बिना दबाब एउटा समितिलाई काम गर्न दिइरहेको बिषय सह्रानीय छन् । अर्थात ओली सरकार सिण्डिकेटमा गरम देखिएको छ । बिद्यालय भर्ना अभियान, पर्यटन क्षेत्रको आकर्षण बढाउन भइरहेका काम, लोडसेडिङको पूर्ण अन्त्य जस्ता बिषयले सर्बसाधारणको ध्यान खिचेको छ ।  यो बाहेक असमयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराएर खोक्रो राष्ट्रबाद उदांगिएको, पेट्रोलियम पदार्थमा पटक/पटक मूल्य बृद्धि हुदा पनि नियमन गर्न नसकेको,  अपत्यारिलो नीति तथा कार्यक्रम ल्याउन जनतालाई ढाँट्न खोजेको, गम्भीर द्वन्द्वकालीन मुद्धाका अपराधीलाई आम माफी दिने प्रयत्न गरेको लगायतका बिषयले भने ओली सरकार आलोचित हुनुपरेको छ । अर्थात यी बिषयमा भने ओली सरकार नरम देखिएको छ । अर्कातर्फ बुधबार सार्बजनिक मन्त्रीहरुको सम्पत्ती विवरणबाट पनि सरकार आलोचकहरुको निसानामा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here