पहिलो खुुल्ला अन्तराष्ट्रिय एपीएफ च्याम्यिनशीपमा भाग लिन भूटानी खेलाडी सहभागी हुँदै

0
1037

१० जेष्ठ, २०७५
दमक/ पहिलो पटक अन्तराष्ट्रिय स्तरको खुल्ला अन्तराष्ट्रिय एपीएफ च्याम्पियनशीप कराते प्रतियोगितामा सहभागी हुन भूटानी शरणार्थी शिविर वेलडाँगीका खेलाडीहरु काठमाण्डौं प्रस्थान गरेका छन् ।
यही मे महिनाको २५ र २६ तारिखमा काठमाण्डौंमा हुने कराते प्रतियोगितामा भाग लिन भूटान कराते एशोशियसनको तर्फबाट ६ जना खेलाडी सहभागी हुने कोच डम्बर मुखियाले बताउनु भयो । खेल प्रतियोगिामा सहभागी हुन विभिन्न तौल समूहका मनकुमार लिम्बु, सन्देश मुखिया, भरत मगर, लियो गुरुङ्ग, निशा तामाङ र दिपा तामाङ रहेका छन् । खेलमा दक्षिण एशियाका ६ वटा देशको सहभागिता हुने आयोजक राष्ट्रिय सुतो कराते एशोशियसन आर्म पुलिस फोर्स स्पोर्ट क्लवले जानकारी दिएको छ ।
यस अघि काठमाण्डौं मै भएको खेल प्रतियोगितामा भूटानले ३ स्वर्ण सहित चौथो स्थान हासिल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here