फ्रान्सेली टोलीको घोषणा, विश्वकपमा मार्सियल र लाकाजेटीले टोलीमा स्थान बनाउन सकेनन्

0
825

काठमाडौ | विश्वकप फुटबल अर्को महिना सुरु रसियामा हुँदैछ । अहिले रसियामा हुने विश्वकपका लागि सहभागी सबै राष्ट्रहरुले तयारी तीब्र बनाइरहेका छन् ।
केही देशले विश्वकपमा सहभागी हुने टोलीको नामावली घोषणा गरिसकेका छन् । भने केहि देश घोषणको तयारीमा रहेका छन् । यही क्रममा विश्वकपको उपाधि दाबेदार टोलीको रुपमा रहेको फ्रान्सले पनि विश्वकपमा सहभागी जनाउने अन्तिम २३ जनाको नामावली घोषणा गरेको छ ।
बिहीबार राति भएको उक्त घोषणा प्रशिक्षक डिडियर डेस्क्याम्पले गरेका हुन् । प्रशिक्षक डेस्क्याम्पले यो विश्वकपमा केही चर्चामा रहेका खेलाडीलाई टोलीमा अटाएका छैनन् । टोलीमा स्थान बनाउन असफल हुने खेलाडीहरू हुन इङलिस क्लब म्यानचेष्टर युनाइटेडका एक महत्वपूर्ण सदस्य एन्थोनी मार्सियल र आर्सनलका एलेक्जान्डर लाकाजेटी ।
युरोपा लिगको फाइनलमा घाइते भएका डिमिट्रि पायेट पनि टोलीमा छैनन् । त्सस्तै बायर्न म्युनिखका किङ्सली कोमान र पिएसजीका एड्रियन राबियोट पनि विश्वकप टोलीमा स्थान बनाउन विफल रहे ।
२३ सदस्यीय फ्रान्सेली टोली
स्ट्राइकरः उस्माने डेम्बेले (बार्सिलोना), नबिल फेकिर (लियोन), ओलिभर जिरोउड (चेल्सी), एन्टोइन गी्रजम्यान (एथ्लेटिको मड्रिड), थोमस लेमार (मोनाको), किलियन एमबाप्पे (पिएसजी), फ्लोरियन थउभिन (मार्सेली)
मिडफिल्डरः एन्गोलो कान्टे (चेल्सी), ब्लायस माटुइडी (युभेन्टस), स्टेभेन एन्जोन्जी (सेभिल्ला), पाउल पोग्बा (म्यानचेस्टर युनाइटेड) र कोरेन्टिन टोलिस्सो (बार्यन म्युनिख)
डिफेन्डरः लुकास हर्नान्डेज (एथ्लेटिको मड्रिड), प्रेस्नेल किम्पेम्बे (पिएसजी), बेन्जामीन मेन्डी (म्यानचेस्टर सिटी), बेन्जामीन पाभार्ड (स्टुटगार्ट), आदिल रामी (मार्सेली), डिजिब्रिल सिडिवे (मोनाको), सामुयल उम्टिटी (बार्सिलोना) र राफायल भराने (रियाल मड्रिड)
गोलकिपरः ह्युगो लोरिस (टोटेनह्याम), स्टेभ मान्डन्डा (मार्सेली) र एल्फोन्स एरिओला (पिएसजी)

रुस विश्वकप २०१८ मा फ्रान्स समूह ‘जी’मा रहेको छ । उक्त समुहमा अष्ट्रेलिया, पेरु र डेनमार्कसँग रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here