बम बिस्पोट गराएको अभियोगमा झापामा एक महिला पक्राउ

0
1391

दमकमा पनि शंकास्पद चिज भेटीयो
झापा | आज बिहान मेचीनगरपालिकास्थित सुर्योदय यातायात प्रालिको बस ग्यारेजमा बम विस्फोट गराएको आरोपमा झापा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नो महिला नेत्रबहादुर चन्द ’विप्लव’ नेतृत्वको नेकपामा आवद्ध रहेकि छन् । झापा जिल्लाका प्रहरी उपरीक्षक विष्णु केसीका अनुसार पक्राउ पर्नेमा मेचीनगर ८ निवासी २६ वर्षीय स्मृति रिजाल रहेकी छिन् । पक्राउ परेकी रिजाल नेकपा मेचीनगरका न्याय विभाग प्रमुख रहेको प्रहरीको भनाई छ ।
उनलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको प्रहरि ले जनाएको छ । आइतबार बिहान करिब ३ बजे मेचीनगरपालिकास्थित सुर्योदय यातायात प्रालिको ग्यारेजमा सकेट बम विष्फोट भएको थियो ।
बमले सुर्योदय यातायात प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको बसमा क्षति पुगेको थियो । सोही बसमा विस्फोट गराएको आरोपमा रिजाललाई पक्राउ गरेको प्रहरीको ले दाबि गरेको छ ।
त्यस्तै गरेर झापाको पश्चिमी नगरपालीका तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ । सानो गोलो आकारको कालो रंगको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । बम वा अरु कुनै वस्तु हो, यसका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थल पठाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here