0
901

काठमाडौं | मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका ब्यक्त गरेका छन् ।
उनले मुख्यमन्त्रीको नाम नलिई भने ‘नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त थिए ।’
असन्तुष्टि जनाउने क्रममा उक्त अभिब्यक्ति नेपाल सरकारको नीति अनुसार नभएको बताए ।
बैशाख २८ गते जनकपुरधाममा शुक्रबार आयोजित भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए । उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए ।
उनको यो अभिब्यक्ति प्रती सामाजिक संञ्जालहरुमा निकै असन्तुष्टि जाहेर भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here