भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले सम्बन्ध नयाँ उचाइमा: प्रम ओली

0
765

काठमाडौं, ३० बैशाख  | प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताउनुभएको छ ।
मोदीको भ्रमणका बिषयमा आज संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले भारतले नेपालको सहयोगका लागि बिगतमा गरेका प्रतिवद्धता कार्यन्वयनमा जोड दिएको बताउनुभएको छ । “आगामी संविधान दिवशका दिनसम्ममा विगतमा गरिएका सम्झौता कार्यन्वयन सुरु हुन्छन्” प्रधानमन्त्ती ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले विदेशबाट नेपालमा आउने उडानका लागि भारतले एउटा मात्र रुट दिएकोमा त्यसलाई बढाएर चारवटा पु¥याउने सहमति भएको बताउनुभएको छ । “हालसम्म बीरगञ्जबाट मात्र एयर रुट रहेकोमा अब बिराटनगर,भैरवहा र नेपालगञ्जबाट पनि भारतले एयर रुट दिने सहमति भएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि आगामी सेप्टेम्बर देखि काम अघि बढाउने सहमति भएको छ ।”
प्रधानमन्त्री ओलीले यस पटकको मोदी भ्रमण दुई देश बीचको सम्बन्धलाई बराबरीका आधारमा बढाउने प्रस्थान विन्दु भएको बताउनुभएको छ । “दुई देश बीचको सम्बन्धलाई सुधार्नु पर्छ” प्रधानमन्त्री ओलीको भनाइ छ “हेपाइ सहनु हुदैन । विगतमा अल्झिएर मात्र हुदैन । नयाँ सम्बन्ध स्थापित पनि गर्नुपर्दछ ।”
प्रधानमन्त्री ओलीले आफूले राष्ट्रहितलाई शीर र मनमा राखेको बताउनुभएको छ । “प्रधानमन्त्रीको हैसियतले देशको शिर निहुराउने काम गर्न दिने छैन । यसै देशको अन्नपानी खाएको हुँ । अरुको हितमा काम गर्दिन ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले आफू चाँडै नै चीन भ्रमणमा जान लागेको जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here