दमक गोल्डकपको दोस्रो खेलमा रुपन्देही ११ लाई ३ को विरुद्ध ४ गोल गर्दै आयोजक विजयी

निधारित समयमा १/१ गोल भए पछि खेल ट्राइबे्रकरबाट टुङ्गो

0
1237

निधारित समयमा १/१ गोल भए पछि खेल ट्राइबे्रकरबाट टुङ्गो

  
दमक, बैशाख २०
दमक/झापाको दमकमा हिजो बुधबार देखि भएको दमक गोल्डकप २०७५ को आज भएको दोस्रो खेलमा करेन्ट रुपन्देही ११ लाई ३ को विरुद्ध ४ गोल गर्दै आयोजक दमक ११ ले विजय हात पारेको छ ।

निर्धारित खेल अवधिमा १/१ गोल भए पछि ट्राइबे्रकरमा गोलको नतिजा आयोजकको पोल्टामा परेको हो । खेलको २७ औं मिनेटमा आयोजकका खेलाडी जर्सी नम्बर १७ का रमेश केसीले दिएको पासलाई सदुपयोग गर्दै जर्सी नम्बर २२ का विकेश लिम्बुले पहिलो गोल गरेका थिए ।

    अति प्रतिस्पर्धात्मकरुपमा भएको खेलमा ८१ औं मिनेटमा रुपन्देहीका जर्सी नम्बर ११ का खेलाडी नितेन थापाले १ गोल गरे पछि खेल बराबरीमा टुङगिएको थियो । १÷१ गोलको बराबरीमा खेल सकिए पछि ट्राइब्रेकरमा आयोजकले ३ गोलको विरुद्ध ४ गोल गरी विजय हात पार्न सफल भएको छ । खेलको म्यान अफ द म्याच आयोजक टिमका गोल किपर विकास माझी घोषित हुनु भएको छ । माझीलाई आयोजक दमक नगर खेलकुद विकास समितिले नगद रु ११ हजार प्रदान गरेको छ । 

भोलिको खेल मदन भण्डारी स्पोर्टि· एकाडेमी र एपीएफ फुटवल क्वल काठमाण्डौंबीच प्रतिष्पर्धा हुने आयोजक समितिले जानकारी दिएको छ ।

 

See live video by Dieksh lama

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here