शरणार्थी समस्या समाधानमा सरकार सकरात्मक

मन्त्री तथा सचीवहरुलाई ज्ञापन पत्र बुझाइयो

0
1942

मन्त्री तथा सचीवहरुलाई ज्ञापन पत्र बुझाइयो

 १३ बैशाख २०७४/ डिकेश लामा
दमक/ लामो समय देखि समधान हुन नसकेको शरणार्थी समस्याको विषयमा नेपाल सरकारका जिम्मेवार मन्त्रालय तथा नेताहरु सकरात्मक तथा पहलका लागि सक्रीय भएको बताइएको छ । आज दमकमा पत्रकार सम्मेलन गर्दै शरणार्थी व्यवस्थापन सम्बन्धी शिविरका उच्च पदमा रहेका प्रतिनिधिहरुले सो कुरा बताएका छन् ।
हालै मात्र काठमाण्डौंमा गएर गृह मन्त्री रामबहादुर थापा, पराराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायका नेपाल प्रमुख मिनाको काकुमा, गृह मन्त्रालयका सचीव प्रेम कुमार राई, शरणार्थी सबन्धी नेपाल सरकारको आधिकारिक निकाय नुक्राका उपसचीव मनका न्यौपाने सहितलाई भेटेर आफ्ना समस्याहरु राख्दा सो कुरा बताइएको सम्मेलनमा शिविर व्यवस्थापन समितिका सल्लाहकार तथा पूर्व सचीव युवराज साङ्पाङ्ग राईले बताउनु भयो । पाँच बूँदे माग पत्र बुझाएर आफ्ना समस्या तत्काल समाधान नगरे शिविर क्रमिकरुपमा कटौती हुँदै आएको राहत सामाग्रीको अभावमा शरणार्थीहरुलाई धेरै समस्या भएको बताइएको छ । पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले शरणार्थी शिविरमा भईरहेको समस्या शरणार्थीहरुले माग गरे बमोजिम समाधानका मार्ग खोज्न सिफारिस समेत गर्नु भएको छ । उक्त सिफारिस टोलीले सरोकारवाला निकायमा समेत बुझाइएको शिविर सचीव चम्पासिंह राईले बताउनु भयो । 

पत्रकार सम्मेलनमा काठमाण्डौं पुगेर आज दमक आएका पथरी शनिश्चरे शिविर सचीव चम्पासिंह राई, बेलडाँगी शिविर सचीव टिकाराम रसाइली, सल्लाहकार तथा पूर्व सचीव युवराज साङ्पाङ्ग राईले नेपाल सरकार स्थायी र सकरात्मक भएका कारण चाँडै शरणार्थी समस्या समाधान हुने आशा गरिएको बताएका छन् । काठमाण्डौंमा टोलीले स्वदेश फिर्ती, इच्छुकहरुलाई तेस्रो मुलुक पु्नर्वास, स्थानीयकरण, अन्तराष्ट्रियकरण र दर्तामा छुटेकाहरुलाई दर्ता प्रकृयाको माग गरिएको बताइएको छ । 

पछिल्लो समय भूटानी शरणार्थी शिविर वेलडाँगी र पथरीमा गरी ७ हजार ५ सय हाराहारीमा भूटानी शरणार्थीहरु रहेका छन् भने १ लाख ५ हजार भन्दा धेरै विश्वका ८ वटा विकसित मुलुकमा पुर्नवास भईसकेका छन् । यसैबीच १ हजार ७ सय हाराहारीमा दर्ताबाट छुटेका शरणार्थीहरु समेत शिविरमा विना राशन कष्टकर जिवन विताउँन बाध्य रहेको शिविर सचीव टिकाराम रसाइलीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here