पूर्वी नेपालको अग्लो पुरानो संचार टावार भत्काउने कार्य शुरु (भिडियो सहित)

साढे ४ दशकको पुरानो दमकको पहिचान सकिंदै 

0
2399

साढे ४ दशक पुरानो दमकको पहिचान सकिदैँ 

 वैशाख १४, २०७४/ डिकेश लामा 
दमक/ झापाको दमक दुर सञ्चार कार्यालयमा रहेको पुरानो टावर भत्काउने कार्य शुरु गरिएको छ । साढे चार दशक अघि आवा संचाराका लागि निर्माण गरिएको टावर हटाउने कार्य अगाडि बढाइएको हो ।
नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराट नगरको टेन्डरमा सिएम टेली सर्भिसेस प्रा.लि.ले टावार हटाउने कार्य थालेको प्रालिका निर्देशक जिवन खड्काले बताउनु भयो । सञ्चार क्षेत्रमा नयाँ प्रविधिको विकास भए पछि सो टावारको काम नलाग्ने भए पछि टावार भत्काउने कार्यको थालनी गरिएको दमक दुर संचार कार्यालयले जानकारी दिएको छ । झापाको भद्रपुर, दमक र मोरङ्गको विराटनगरको ३ वटा टावर भत्काउँनका लागि १६ लाखमा सम्झौता भएको प्रालिका प्रवन्धक मातृका बाँस्तोलाले बताउनु भयो ।

विराटनगरको ७० मिटर र भद्रपुरको ८० मिटर अग्लो टावर हालै मात्र हटाइसकेको सो कार्यका सुपर भाइजर तिलक खड्काले बताउनु भयो । पूर्वी नेपालको एक मात्र अग्लो र नेपालको दोस्रो अग्लो टावरमा पर्ने दमकको टावार १ सय २८ मिटर लामो रहेको छ । ठेक्का सम्झौता भएको ३ महिनामा सक्ने जिम्मा लिएको टेली सर्भिसेजले आगामी १ महिना भित्र दमकको टावार पनि पूर्णरुपमा भत्काई सक्ने बताइएको छ । यस प्रकारको टावरबाट एकतर्फी संचार गर्ने र सो संचारको कुराहरु टिपोट गरी सम्बन्धीत ठेगानामा पठाइएने गरिन्थ्यो ।

प्रत्यक्ष भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here