हिन्दुधर्म गुरु आचार्य श्रीनिवासको हत्या प्रयास, छातिमा लाग्यो गोली (भिडियोसहित)

0
747

२५ चैत, काठमाण्डौं । हिन्दु धर्म गुरु आचार्य श्रीनिवासको हत्या प्रयास भएको छ । मोरङको बिराटनगरस्थित जतुवामा शनिबार राति २ बजेतिर शौच गर्न निस्किएका बेला श्रीनिवासमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । कुममुनि दाँयापट्टी लागेको गोली श्रीनिवासको छाति छेडेर बाहिरिएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका श्रीनिवासको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्ने जतुवाका राजनकुमार यादव र विनोद दास रहेको प्रहरीले जानकारी दिएको छ । यसैबीच श्रीनिवासको हत्या प्रयासको बिरोधमा हिन्दुधर्मसँग सम्बन्धित बिभिन्न २७ वटा संघसंस्थाले घोर भर्त्सना गर्दै दोषीलाई तत्काल कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । बैष्णव परिषद्, हिन्दु जागरण नेपाल, बिश्व हिन्दु महासंघ लगायतका बिभिन्न २७ वटा संस्थाले काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् । उता सुनसरीको इटहरीमा नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा बिरोध प्रदर्शन भएको छ । प्रदर्शनपछि इटहरी चौकमा आयोजित सभामा जगतगुरु बालसन्त मोहनशरणले हिन्दु धर्म संप्रदायमाथी भएको सांघातिक आक्रमणलाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह गर्नुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here