२४ चैत्र, काठमाण्डौं । दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित बलिउड अभिनेता सलमान खानलाई जमानत दिइएको छ। जमानतपछि उनी जेलबाट मुक्त भएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार, प्रतिवादीले जनावरहरुको परीक्षण र प्रत्यक्षदर्शीहरुको बयानको विश्वसनीयतामाथि प्रश्न गरेका थिए। बिहीवार राजस्थान राज्यको जोधपुरस्थित अदालतले सलमान खानलाई सन् १९९८ मा दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो र १० हजार रुपैयाँ जरिवाना गराएको थियो। ५२ वर्षीय अभिनेता खानले राजस्थानमा एउटा चलचित्र छायाङ्कनका क्रममा दुईवटा कृष्णसारहरु मारेको अदालतले फैसला गरेको थियो। उनीसँगै सोही चलचित्रमा अभिनय गरेका र शिकार गरेको आरोप लागेका अन्य चार कलाकारहरु निर्दोष ठहर भएका छन्। जोधपुर जेलमा दुई रात बिताएका खानले उच्च अदालतमा फैसलाका विरुद्ध पुनरावेदन गर्नेछन्। न्यायाधीश रविन्द्र कुमार जोशीले जोधपुर अदालतमा उनलाई जमानत दिइएको जानकारी गराएका थिए।
ताजा पोष्ट
‘यो मन त मेरो नेपाली हो’लाई पाठ्यक्रम विकास केन्द्रको समर्थन, देशभक्तिपूर्ण चलचित्रको उच्च मूल्याङ्कन
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’...
अभिनयबाट आत्मपहिचान खोज्दै: आयुशा समालको नेपाली फिल्ममा डेब्यु
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
तीन वर्षको उमेरमा अमेरिका पुगेकी आयुशा समाल अहिले नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। भुटानी शरणार्थी...
“परमेश्वरको सौन्दर्यलाई समेट्दै” भन्ने नारासहित ख्रीष्टियन मिडिया कार्यशाला सम्पन्न
ललितपुर, असार १७ “परमेश्वरको सौन्दर्यलाई समेट्दै” भन्ने प्रेरणादायी नारासहित सुरु गरिएको दुईदिने राष्ट्रिय ख्रीष्टियन मिडिया कार्यशाला मंगलबार ललितपुरको गोदावरीस्थित भ्यु भृकुटी होटलमा...