२४ चैत्र, काठमाण्डौं । दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित बलिउड अभिनेता सलमान खानलाई जमानत दिइएको छ। जमानतपछि उनी जेलबाट मुक्त भएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार, प्रतिवादीले जनावरहरुको परीक्षण र प्रत्यक्षदर्शीहरुको बयानको विश्वसनीयतामाथि प्रश्न गरेका थिए। बिहीवार राजस्थान राज्यको जोधपुरस्थित अदालतले सलमान खानलाई सन् १९९८ मा दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो र १० हजार रुपैयाँ जरिवाना गराएको थियो। ५२ वर्षीय अभिनेता खानले राजस्थानमा एउटा चलचित्र छायाङ्कनका क्रममा दुईवटा कृष्णसारहरु मारेको अदालतले फैसला गरेको थियो। उनीसँगै सोही चलचित्रमा अभिनय गरेका र शिकार गरेको आरोप लागेका अन्य चार कलाकारहरु निर्दोष ठहर भएका छन्। जोधपुर जेलमा दुई रात बिताएका खानले उच्च अदालतमा फैसलाका विरुद्ध पुनरावेदन गर्नेछन्। न्यायाधीश रविन्द्र कुमार जोशीले जोधपुर अदालतमा उनलाई जमानत दिइएको जानकारी गराएका थिए।
ताजा पोष्ट
कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान
अर्जुन प्रधान
साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्याएका पाँच...
GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...
ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...
छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड
अर्जुन प्रधान
मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...












