शरणार्थी शिविरमा सुरक्षा दरिलो बनाउँन टर्च लाईट वितरण

८ बजेपछि बिना काम हिड्डुलमा प्रतिबन्ध

0
1900

८ बजेपछि बिना काम हिड्डुलमा प्रतिबन्ध

चैत्र १२/डिकेश लामा 
दमक/झापाको दमकमा रहेको भूटानी शरणार्थी शिविर वेलडाँगीमा रातीको सयम सुरक्षा दरिलो बनाउँन आज ६२ थान टर्च लाईट वितरण गरिएको छ ।

पछिल्लो समय बढ्दै गएको सुरक्षा चुनौतीलाई मध्य नजर गर्दै शिविर व्यवस्थापन समितिले हरेक सेक्टरमा १ थानका दरले पुग्ने गरी टर्च लाईट वितरण गरिएको शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो । सचीव रसाइलीका अनुसार केही समय अघिको सरोकारवाला पक्षहरुबीच बसेर वेलुका ८ बजे पछि आकस्मिक काम बाहेक हिडडुल गर्न रोक गरेको समेत बताउनु भयो ।


शिविर क्षेत्रलाई रेखदेख गर्दै आएको शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगी, अस्थायी प्रहरी पोष्ट र दातृ निकायका प्रतिनिधि सहितको बैठकले सुरक्षा चुस्त दुरुस्त राख्न वेलुका हिडडुलमा कडाई गरेको बताइएको छ । जनसंख्या घटेसँगै अपराधिक कृयाकलाप बढ्न सक्ने खतरालाई मध्यनजर गरी सुरक्षामा कडाई गरेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here