ईयूलाई प्रधानमन्त्री ओलीको चेतावनी नेपाललाई नहेप्नोस् तत्काल प्रतिबेदन सच्याउनोस् (भिडियोसहित)

0
1065

११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनलाई चुनावी प्रतिबेदन सार्बजनिक गरेको नाममा नेपाललाई नहेप्न चेतावनी दिएका छन् ।

ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न प्रतिबेदनमार्फत सुझाव दिएपछि ओलीको यस्तो भनाई सार्बजनिक भएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यो नेपालको  सार्वभौमसत्ता र नेपालको उपलब्धीलाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो हामी सहन्न सक्दैनौं तत्काल प्रतिबेदन सच्याउनोस्।’ नेपालको परराष्ट्र मन्त्रालयले असन्तुष्टी जनाइसकेपछि प्रतिवेदन सच्याउला भन्ने अपेक्षा गरे पनि ईयू झन् जिद्दिपूर्ण देखिएको भन्दै ओलीले यसबाट नेपाली जनतालाई हेप्ने काम भएको बताएका छन । उनले भने ‘म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ, यसबाट नेपाली जनताले अरुबाट हेपिएको महसुस गरेका छन् ।’ निर्बाचन पर्यबेक्षणका नाममा आएर धर्म परिवर्तन गराउन खोज्ने फिर्ता पठाइँदिदा त्यसैको रिसिवी प्रतिवेदनमा साँधिएको ओलीको आरोप छ । समावेशीताको पाठ सिकाउन चाहनेले पहिला नेपालको जति महिला प्रतिनिधित्व पुर्याउन ओलीले चुनौति पनि दिए । उनले भने ‘महिला प्रतिनिधित्वमा ४१ प्रतिशत हुनु जनप्रतिनिधी चुनिएर आउनु चानचुने कुरा हैन, हामिलाई पाठ सिकाउने पहिला ३/४ प्रतिशत थप बढाउनु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here