शरणार्थी शिविरमा निर्माणधीन छाप्रा शरणार्थीले नै रोके

स्पष्ट मापदण्ड र आवश्यक सामाग्री उपलव्ध गराउँन माग

0
2273

स्पष्ट मापदण्ड र आवश्यक सामाग्री उपलव्ध गराउँन माग


चैत्र १२/डिकेश लामा
दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा निर्माण शुरु भएको नयाँ छाप्रा निर्माण कार्य शरणार्थीहरु आफैले रोकेका छन् ।
संस्थाले छाप्राको मापदण्ड सार्वजनिक नगरेको भन्दैं सो कार्य रोकेको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाईली बताउनु भयो । १ साता अघि देखि शुरु भएको छाप्रा निर्माण कार्य २ दिन अघि देखि आफूहरुले रोकेको सचीव रसाईलीले बताउनु भयो । शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले शरणार्थीहरुलाई निर्माण गर्ने भनेर शुरुमा भनेको जस्तो छाप्रा निर्माण नगरेकोले एउटा छाप्रा बराबरको मापदण्ड र लगानी सरोकारवाला निकायको मुख्य कार्यालयमा बुझ्ने बताइएको छ । संस्थाले यस अघि दिने भनेर मौखिक सम्झौता गर्दै आएको सामाग्रीहरु उपलव्ध नगराउने भए पछि छाप्रा निर्माणको वास्तविकता नबुझेसम्म छाप्रा निर्माण नगरिने शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

Short Interview with Camp Secretary about this issue by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here