३ चैत्र, काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल आठौं स्थानमा सीमित भएको छ । सातौं स्थानका लागि भएको प्लेअफ खेलमा नेपाललाई नेदरल्यान्ड्सले ४५ रनले पराजित गरेसँगै नेपालल आठौं स्थानमा सिमित भएको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा १ सय ४४ रनमा अलआउट भयो । नेपालका लागि सोमपाल कामीले सबैभन्दा बढी ३६ रन जोडे । उनले ५३ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ३६ रन जोडे । यस्तै दिपेन्द्र सिंह ऐरीले २५, पारस खड्का २२, सन्दिप लामिछानेले अबिजित १४ र करन केसीले १३ रन बनाउन बाहेक अन्य ब्याड्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । त्यसअघि जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८९ रन जोड्यो। नेदरल्याण्डलाई १ सय ९० रनमा समेट्न सोमपाल कामीले ४ तथा सन्दीप लामिछाने र ललित राजबंशीले समान दुई दुई विकेट लिए ।
ताजा पोष्ट
१८ वर्ष जेल जीवनपछि रिहा, तर न देश न घर: दुई भुटानी शरणार्थीको पीडादायी...
जेष्ठ २०, २०८३ | अर्जुन प्रधान
भुटानको कठोर कारागारमा आफ्नो जीवनका बहुमूल्य १८ वर्षभन्दा बढी समय बिताएका दुई भुटानी...
९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकामा सम्पन्न
डेनभर : ९ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ...
नेपाली सांस्कृतिक उत्सव ‘DT FEST 2026’ को घोषणा
अर्जुन प्रधान
एशबर्न, भर्जिनिया
डिसी, म्यारिल्याण्ड र भर्जिनिया (DMV) क्षेत्रकै सबैभन्दा ठूलो नेपाली सांस्कृतिक उत्सवका रूपमा परिचित दशैँ–तिहार महोत्सव ‘DT FEST 2026’...












