दमक नगर पालिका प्रदेश नम्बर १ कै उत्कृष्ट नगर पालिकामा सम्मानित

0
4245


डिकेश लामा
चैत्र २, दमक/नेपालको उत्कृष्ट नगर पालिका मध्ये दमक नगर पालिका प्रदेश नम्बर १ को उत्कृष्ट नगर पालिकाको श्रेणीमा घोषित तथा सम्मानित भएको छ । आज काठमाण्डौंमा भएको नेपाल नगर पालिका संघको २५ औं रतज महोत्सव कार्यक्रममा दमक नगर पालिका प्रदेश नम्बर १ को उत्कृष्ट नगर पालिका पुरस्कार २०७४ बाट सम्मानित भएको हो ।
अर्थ मन्त्री डा. युवराज खतिवडको प्रमुख आथित्यमा भएको कार्यक्रममा नगर पालिका क्षेत्रमा सेवा प्रवाह, प्रशासनिक चुस्तता, श्रोत परिचालन, शहरी योजना तथा वातावरण संरक्षण एवम् शहरी सुशासन कायम राख्न राम्रो भूमिका निर्वाह गरेको प्रति दमक नगर पालिका उत्कृष्ट नगर पालिका पुरस्कारबाट सम्मानित भएको संघले जानकारी दिएको छ । संघका अध्यक्ष अशोककुमार व्याञ्जु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उत्कृष्ट पुरस्कार दमक नगर पालिकाका मेयर रोम ओली र उपमेयर गीता अधिकारीले मन्त्री खतिवडाको हातबाट सँयुक्तरुपमा ग्रहण गर्नु भएको उपमेयर अधिकारीले बताउनु भयो । यस्तै प्रदेश नम्बर २ को गणेशमान चारनाथ नगरपालिका, ३ मा भरतपुर महानगर पालिका, ४ मा वालिङ्ग नगरपालिका, ५ मा बुटवल उपमहानगरपालिका, ६ मा चन्दननाथ नगरपालिका र ७ प्रदेशमा भिमदत्त नगरपालिका उत्कृष्ट नगर पालिकाको श्रेणीमा पुरस्कृत तथा सम्मानित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here