बिद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पनि निर्बाचित

0
934

२९ माघ, काठमाडौं । विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएकी छन् । मंगलबार भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । भण्डारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा लगायतका राजनीतिक दलको समर्थन थियो ।  राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य गरी जम्मा ८६२ जना निर्वाचक मण्डलका सदस्यहरुले मतदान गरेका थिए । भण्डारीले निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल ५२ हजार ५०१ मतको बहुमत प्राप्त गरेकी छन् । राष्ट्रपतिकी अर्की उमेदवार कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी थिइन् । भण्डारीले प्रतिद्वन्द्वी राईको भन्दा २७ हजार ५४५ बढी मत प्राप्त गरी निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । नेपालको संविधानको धारा ६२ (३) मा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ ।  भण्डारीका पक्षमा संघबाट १९ हजार ५५ र प्रदेशबाट १९ हजार ९२० मतभार प्राप्त भएको थियो भने राईको पक्षमा संघबाट ६ हजार १६२ र प्रदेशबाट ५ हजार ५६८ मतभार प्राप्त भएको थियो । निर्वाचनमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here