दमक अस्पतालमा पोष्ट मार्टम आएन

विरामी संख्याको भने बृद्धि

0
1418

विरामी संख्याको भने बृद्धि

 
फाल्गुन २१, डिकेश लामा
दमक/ झापाको दमक अस्पतालमा पोष्टमार्टम सेवा शुरु गरिएको २ साता वितिसक्दा पनि एउटा पनि पोष्टमार्टम केश आएको छैन ।
गएको फाल्गुन ६ गते देखि पोष्टमार्टम सेवा शुरु गर्ने भनेर औपचारिक घोषणा गरिए पनि हालसम्म कुनै पनि पोष्टमार्टम नआएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जिवन शिवाकोटीले बताउनु भयो । शिवाकोटीका अनुसार प्रचार प्रसार र विश्वास नभएर पनि केश नआएको हुन सक्ने बताइृएको छ । केही दिन अघि दमकमा भएका सडक दुर्घटनाहरुको केही केश दमकमा नआएर अन्तै गएको बताइएको छ ।
स्वास्थ्य चौकी बाट स्तर उन्नति भएर जिल्ला स्तरको अस्पताल बनेसँगै स्वास्थ्य विमाका कारण अस्पतालमा विरामीको संख्या भने दिनानु दिन बढ्दै गएको ल्याव टेक्निसियन लोक नाथ पौडेलले बताउनु भयो । पौडेलका अनुसार गएको ३ महिना यतामात्र विरामीको संख्या निक्कै नै बढ्न थालेको बताउनु भयो । 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here