बुद्ध बचन धम्मपद बाचनमा उर्लेको यो मानवसागर (भिडियोसहित)

0
1397

२० फागुन, काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार टुँडिखेलमा आयोजना भएको भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचनमा मानव सागर उर्लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत सहभागी कार्यक्रममा झण्डै डेढ लाख मानिस बुद्धबचन बाचनमा सह्रिक भएका छन् ।  यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन भने बाँकी छ । ‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here