नेपालमा होलीको उल्लास

0
801
तस्बिरःभूपाल लुइटेल

१७ फागुन, काठमाडौं । फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली नेपालमा एक आपसमा बिभिन्न रङ, अविर र लोला खेली मनाइदै छ । आपसी मेलमिलाप र सद्भावको सन्देश मानिने होली आज पहाडी क्षेत्रमा मनाइएको छ भने शुक्रबार तराईमा मनाइन्छ ।

तस्बिरःभूपाल लुइटेल

त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले आफ्नै छोरा प्रल्हादलाई मार्नका लागि बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । तर, प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भने अग्निमा जलेर भष्म भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ । त्यसैले असत्यमाथि सत्यको जितका रुपमा समेत होली पर्वलाई लिइन्छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । यस पर्वका अवसरमा काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले

तस्बिरःभूपाल लुइटेल

वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । होलिका अवसरमा बिहिबार काठमाण्डौं बजार पसल बन्द गरी सर्बसाधारण रंग, अबिर, र लोलाका साथ होलीको उमंगमा रमेको पाइएको छ । होलीमा नेपाली मात्र होइन बिदेशी पर्यटक समेत सह्रिक हुँदा यसको दायरा बढ्दै गएको प्रष्टिएको छ । होलिका अबसरमा मुलुकका बिभिन्न स्थानमा सांगितिक प्रस्तुती समेत भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here