संविधान संशोधन भए फोरम सरकारमा जाने

0
1154

१३ फाल्गुन, २०७४
दमक/बर्तमान बाम गठबन्धनको सरकारले संविधान संशोधन गर्न तयार भए आफूहरु सरकारमा जान सक्ने संघीय समाजबादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोङ्गले बताउनु भयो ।
आज दमकमा पार्टीको लिम्बुवान प्रदेश समितिको कार्यलय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै चेम्जोङ्गले सो कुरा बताउनु भएको हो । चेम्जोङ्गले नेपाली समाजमा जवसम्म पहिचानका आधारमा संघीय निकायहरु निर्माण हुँदैनन् तवसम्म विभेदको अन्त्य नहुने समेत दावी गर्नु भयो । कार्यक्रममा महासचीव रणध्वोज कन्दङ्वा, सांसद आरसी सुव्बा लगायतले पहिचान सहितको संघीयता विभेदमुक्त समाजका लागि अनिवार्य भएको बताउनु भयो । प्रदेश नं. १ का संयोजक खगेन्द्र माखिमको सभापतित्वमा भएको कार्यक्रम पछि जिम्मेवार नेताले नयाँ कार्यलयको अवलोकन समेत गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here