राष्ट्रपति निर्बाचन फागुन २९ गतेः निर्बाचन आयोग

0
744

१० फागुन, काठमाण्डौ  निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति सार्बजनिक गरेको छ । आयोगले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्बजनिक गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीवार बसेको आयोगको बैठकले राष्ट्रपति तथा उपर्राष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) बमोजिम फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता नबराज ढकालले जानकारी दिए ।  निर्वाचन कार्यक्रम अनुसार फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here