देउबाद्वारा प्रधानमन्त्री पदबाट राजिनामा, आजै केपी ओली प्रधानमन्त्री

0
818

३ फागुन, काठमाडौं । नयाँ सरकार गठन प्रकिया सुरु भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । राजिनामा अघि विहान सवा ११ बजे देशबासीका नाममा सम्बोधन गर्दै देउवाले आफ्नो कार्यकालले चुनाव सम्पन्न गरी संघीयतालाई संस्थागत गरेर देशलाई संक्रमणकालबाट मुक्त गराएको दाबी गरेका छन । देउवाले सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा रहिरहने बताएका छन ।

यसैबीच निर्बाचन आयोगले चुनावका अन्तिम परिणाम बुधबार राष्ट्रपतिलाई बुझाएपछि बाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन । बाम गठबन्धनको तर्फबाट दाबी पेश भएपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमत प्राप्त दलको नेता भएका कारण केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तीसँगै आजै सपथग्रहणको तयारी गराउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here