हंसे दुम्से बनको निर्वाचनमा राजनैतिक भागबन्डा शुरु

0
1964

दमक/ विगत २६ बर्ष देखि भूटानी शरणार्थीहरु बसोवास गर्दै आएका हंदे दुम्से सामुदायिक बनको निर्वाचन तयारी भईरहँदा राजनैतिक भाग बण्डा शुरु भएको छ । विधानले तोकिएको समय नाघेर ७ महिना विते पछि

 बल्ल झापाको दमक नगर पालिकामा रहेको बनमा राजनैतिक भागबन्डाको कार्य शुरु भएको विभिन्न व्लकका संयोजकहरुले जानकारी दिएका छन् ।

झापा जिल्ला भरीमा क्षेत्रफलका आधारमा १० वटा ठूला सामुदायिक बनको दर्जामा पर्ने दममकको हंसे दुम्से सामुकदायिक बनको आगमी २५ गतेसम्ममा परिषद सदस्यको छनौट गर्न कार्य समितिले व्लक संयोजक तोकेर जिम्मा दिइसकेको सामुदायिक बन कार्यलय जानकारी दिएको छ ।

Legal Clause of Public jungle

निर्वाचनका लागि विधानले सम्बन्धित वडाको वन समिति सदस्यको संयोजकत्वमा वडा स्तरीय दलहरुको भेला बोलाई सोही वडाका उपभोक्ताहरु मध्येबाट सर्व पक्षीय दलित, आदिवासी, महिला, जनजाति आदि समेतको प्रतिनिधित्व गराई छानिएका प्रतिनिधिहरुको परिषद सदस्य हुनेछन् भनिएको छ । तर वडाले भने राजनैतिक भागबण्डा गरी अधिकतम् उपभोक्तालाई थाहै नदिई परिषद छनौट गर्ने कार्य गरेको पाइएको छ । बनका व्लक नं. ५ का संयोजक योगेन्द्र निरौलाका अनुसार आफ्नो व्लकबाट छान्नु पर्ने ४० जनामा एमाले ११, काँग्रेश १०, माओवादी ९, राप्रपा ९ र लिम्बुवानबाट १ को भाग लगाइएको फोनमा जानकारी दिनु भयो । बनमा राजैतिक हस्तक्षेप बढेपछि सर्वसाधारणले बनमा के भईरहको छ भन्ने समेत जानकारी बाहिर नआउने गरेको उपभोक्ताको गुनासो गरेका छन् ।

यता अन्य व्लकबाट छनौट भएर आएका ७ मध्ये ४ वटा व्लकमा पनि राजनैतिक भागबन्डाबाटको आधारमा परिषद सदस्य नै छनौट गरिसकेको बताइएको छ । गएको बर्षमा जिल्ला भरीमा मनकामना सामुदायिक बन उत्कृष्ट भएको छ भने यो बनको अवस्था मध्यम रहेको सहायक बन अधिकृत देवेन्द्र उप्रेतीले फोनमा जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here