सामाजिक सुरक्षा भत्ता अव देखि मोवाइलमा

कर्मचारी तथा भत्ता लिनेहरुलाई सहज हुने 

0
1237

कर्मचारी तथा भत्ता लिनेहरुलाई सहज हुने 
माघ २१ गते, डिकेश लामा
दमक/अव देखि सामाजिक सुरक्षाको भत्ताबारे मोवाइलबाट जानकारी दिने प्रकृयाका लागि आज देखि दमक नगर पालिकाको गाऊँ गाऊँमा गएर बैंक खाता खोल्ने कार्य शुरु गरिएको छ ।

    सामाजिक सुरक्षा भत्ताबारे जानकारी र वितरणमा कर्मचारीको समय र अभावलाई मध्य नजर गर्दै सवै प्रकृया बैक मार्फत गर्न दमक नगर पालिकाको १० वटै वडामा सो प्रकृया शुरु गरिएको हो । सुरक्षा भत्ता लिनेहरुको वडा अनुसार फरक फरक १० वटा बैंकमा खाता खोल्ने प्रकृया शुरु गरिएको दमक नगर पालिकाका सुरक्षा भत्ता शाखाका कर्मचारी निरज भण्डारीले बताउनु भयो । 

गाऊँ गाऊँमा गएर बैंक खाता खोलि दिए पछि सामाजिक सुरक्षा भत्ता सम्बन्धी जानकारी भत्ता लिने वा निजको हकवालाको मोवाईलमा सन्देश दिएर जानकारी दिने प्रकृया शुरु गरिएको कन्काई बैक टोलीलाई सहयोग गर्न खटिनु भएकी दमक वडा नं. ३ की महिला सदस्य तनकुमारी दाहालले बताउनु भयो । दाहालका अनुसार वडा नं. ३ मा नगरकै सवै भन्दा धेरै ९ सय ३५ जना सामाजिक सुरक्षा भत्ता लिने रहेको र अव देखि कर्मचारी देखि भत्ता लिनेलाई समेत सहजता हुने बताउनु भयो । 

दमक नगरको १० वटै वडामा ५ हजार ७ सय ५३ जनाले विभिन्न दर्जाका सामाजिक सुरक्षा भत्ता लिदैं आएको दमक नगर पालिकाले जानकारी दिएको छ । भत्ता वितरणमा ३ करोड ४७ लाख २३ हजार ६ सय रुपयाँ हरेक चौमासिकमा खर्च हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here