३२ लाख रुपैयाँ पाउने गरी सन्दिप लामिछाने आइपीएल क्रिकेटका लागि छनौट

0
1297

१४ माघ, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपीएल) का छनौट भएका छन् । युवा स्पिनर लामिछानेलाई सन्दीपलाई आइतबार भएको अक्सनमा दिल्ली डेयर डेभिल्सले २० लाख भारु (३२ लाख रुपैयाँ) मा किनेसँगै उनि आइपीएलमा आबद्ध हुने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

५ सय ७८ जनाको अक्सन सूचीमा सन्दीप २ सय ७८ नम्बरमा थिए। सन्दीप एसोसिएट क्याटागोरीबाट आइपिएलमा आबद्ध भएका हुन् । यसअघि शक्ति गौचनले राजस्थान रोयल्समा ट्रायल दिए पनि छनोट हुन असफल भएका थिए। यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) र  बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए । सन्दीपको नाम आइपिएलको अक्सन सूचीमा राख्न नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरले विशेष पहल गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here