भूपाल लुइटेल/१३ माघ, काठमाण्डौ । आफ्नो सौखका लागि गरेको कर्म अरुका लागि समेत लोकप्रिय भएपछि प्रख्यात भएकी एक भाग्यमानी गायिका हुन् कुन्ती मोक्तान । उनि भन्छिन् ‘जबसम्म म आफूले गाएको गितमा आफै सन्तुष्ट हुन्न तबसम्म रेकर्ड नै गर्दिन।’
बुवा प्रेममकुमार र आमा विष्णुमाया सुन्दासकी पहिलो सन्तान मोक्तान विक्रम संवत २०१९ साल असार २७ गते भारतको दार्जिलिङस्थित मार्गेष्ट होप चियावगानमा जन्मिएकी मोक्तान सानैदेखि गायनमा रुचि राख्थिन् । यसले ब्यवसायीकता भने नेपाल आएपछि मात्रै लियो तर चर्चा भने दार्जिलिङमै बटुलिसकेको थियो । नेपाल आउनु उनका लागि बाध्यता पनि बन्यो । औपचारिक शिक्षा आइएसम्म हासिल गरेकी मोक्तानले सानैदेखि संगितप्रति लगाव राखेकाले त्यसैको लत बस्यो । उनले संगितमै विम्यूज समेत गरिन ।
*****************************
गित गाउने र रेकडिङका शिलशिलामा शीलावहादुर मोक्तानसँग हिमचिम बढ्यो । त्यही हिमचिम प्रेम सम्बन्ध हुँदै विक्रम संवत २०३९ सालमा विवाहमै परिणत भएपछि घरबाट बहिष्करणमा परेकी मोक्तान नेपाल भासिनु पर्यो । त्यो क्षण स्मरण गर्दै मोक्तान थप्छिन्‘गित संगितमा लागेकाले पारिवारिक मनमुटाब भएकै हो,आमाबुबा चाहानुहुन्थ्यो राम्रो ज्वाईसँग बिबाह होस् तर शिलाबहादुर मोक्तान पनि गित संगितकै भएपछि परिवारले सहने कुरै भएन, बिवाहपछि हामि काठमाण्डौंतिरै भाग्यौं।’ नेपाल आएपछि रेडियो नेपालबाट गितहरु बज्न थाले । अनि मात्र परिवारले स्विकारेको उनि सम्झनछिन ।
*****************************
विवाह, नेपाल खेदिनुपर्ने कारक बन्यो तर त्यो निर्गतिलो हुन पाएन । सबै सामान गाडीमै चोरिएको क्षण सम्झदा उनि निशब्द हुन्छिन तर त्यसलाई उल्लेख गर्न छुटाउछिन् । कमजोर आर्थिक अवस्था, परिवार र समाजले अस्विकार गरेको चिन्ता हुँदा/हुँदै पनि श्रीमानको साथ अनि प्रेमले उनि अरु कुरा भुल्थिन उनि । त्यही भएर समाजले के भन्यो भन्ने कुराको खास अर्थ रहेन उनको जीवनमा। यसरी पारिवारिक असहमतिकावीच नेपालमा आएर शुरु भएको उनको जीवनलाई डोर्याउने काम संगितकार रहेका श्रीमान शीलावहादुर मोक्तानले गरे । सांगितिक क्षेत्र व्यवसायीक नभएपनि त्यो बेला नेपाल आएपछि पनि गर्ने अरु कुनै सिप नै थिएन । श्रीमान शीलावहादुरको संगितको शिल्पमा कुन्ती मोक्तानको चामत्कारिक गलाले नेपाली सांगितिक क्षेत्रमा २०४० सालदेखि आधिपत्य जमाउन थाल्यो त्यही भएर त झण्डै ५ सय वटा गितहरु रेकर्ड भए । अनि तिनै गितहरुले उनलाई अजम्बरी बनाइरहेको छ । आफ्ना गितको तह छुट्याउन चाहन्नन उनि तर दर्शक/श्रोताले खोजेका गितहरुलाई भने उनि सम्झनछिन । त्यस्ता गितहरुमा उनि ‘माथि माथि साइलुंगेमा’, ‘कहिलेकाँही मलाई पनि हेरिदेउ है फर्केर’ आदी/आदी ।
*****************************
आफूलाई स्थापित गराउने श्रेय उनि श्रीमान शिलावहादुर मोक्तानलाई नै दिन्छिन् । किनकी उनैले लेखेको गित र संगितले नै कुन्तीलाई लोकप्रिय बनायो । नेपाली सांगितिक क्षेत्रमा ५० र ६० को दशकमा अग्रभागमा रहेकी कुन्ती मोक्तान परिवर्तित समयसँगै पेशा पूरानै तर उपार्जनको शैली परिवर्तन गरिरहेकी छन । कुमारीगाल काठमाण्डौंकी स्थायी वासिन्दा मोक्तान हाल साप्ताहिकरुपमा १२ वटा विद्यालयमा संगित र गायनको कक्षा दिन्छिन । नपुग्दो भएरै यो गर्नुभा को भन्ने प्रश्नमा मोक्तान भन्छिन् ‘संगित संग्लोरुपमा हस्तान्तरण गर्न चाहान्छु।’
*****************************
जीवनको दुःखको क्षण सम्झाउँदा उनि विद्यालय जीवनतिर फर्कन्छिन । जतिबेला उनि खालिखुट्टा हुँदै पनि स्कूल गइन् कलेज जाँदासम्म हिलै र धुलै भइन् यतिमात्र होइन कहिलेकाँही त भोकै पनि भइन्। दुइ छोरी शितल र शुवानीकी आमा कुन्ती आफूले परिवारबाट खाएको हण्डर सम्झदै भन्छिन ‘सन्तानलाई स्वतन्त्र छोडिदिनुपर्ने बताउँछिन’। जीवनलाई आ-आफ्नै तवरले व्याख्या गर्नेहरु छन, त्यसैले उनि पनि यसलाई बरदान भन्न रुचाउँछिन। जीवनको सार्थकता सिद्ध गर्न अफ्ठ्यारो रहेको बताउँदै मोक्तान भन्छिन ‘सामाजीक/पेशागत र पारिवारिक जीवनको सन्तुलन नै कलाकारको जीवनको सार्थकतासँग जोडिन्छ’।