अनुचित ब्यापार असैह्यः डोनाल्ड ट्रम्प

0
1031
तस्बिरः एएफपी

१२ माघ, काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजारमा देखिएको अनुचित ब्यापारको विकृतिले डटेर सामाना गर्ने चेतावनी दिएका छन् । स्विटजरल्याण्डको डाभोस शहरमा जारी विश्व आर्थिक मञ्चको बैठकमा आफ्ना व्यापारिक साझेदारहरूसमक्ष बोल्दै ट्रम्पले अनुचित व्यापार नसहने चेतावनी दिएका हुन् ।

उनले व्यापारमा अमेरिका पहिलो भन्ने नीति लिइने बताउँदै साझेदार मूलुकलाई पनि अघि बढाउने आश्वासन दिएका छन् । सोही सभालाई सम्बोधनका क्रममा ट्रम्पले आफ्नो कार्यकालको पहिलो वर्ष निकै उपलब्धिमूलक रहेको भन्दै समेत जिकिर गरेका थिए । आफूले कर कटौती गरेको, बेरोजगारी दर घटाएको र आफ्नो देशलाई लगानीमैत्री बनाएको ड्रपको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here