अफगानिस्तानमा सेभ द चिल्ड्रेनको कार्यालयमै हमला

0
916
तस्बिरः एएफपी

१० माघ, काठमाण्डौं । अफगानिस्तानको पूर्वी शहर जलालावादमा रहेको अन्तर्राष्ट्रिय सहायता निकाय सेभ द चिल्ड्रेनको कार्यालयहरू रहेको भवनमा हमला हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

तस्बिरः रोयटर्स

स्थानीय समयअनुसार बुधबार बिहान ९ बजेर १० मिनेटमा एक आत्मघाती हमलाकारीले सेभ द चिल्ड्रेन परिसरको प्रवेशद्वारमा विस्फोटक पदार्थले भरिएको एक गाडी विस्फोट गराएको बीबीसीले जनाएको छ । इस्लामिक स्टेटले जिम्मा लिएको सो घटनामा अफगान सुरक्षाकर्मीले जवाफी कार्बाही गरेर भवनको भूमिगत तल्लाबाट ४५ जनालाई उद्धार गरेको बताइएको छ ।

तस्बिरः इपीए

सहायता निकायको कार्यालयमा मानवीय क्षती हुने गरि नै बिष्फोट गराइएपछि सेभ द चिल्ड्रेनले अफगानिस्तानमा सञ्चालित सबै कार्यक्रम स्थगित गरेको जनाएको छ । हमलापछि सेभ द चिल्ड्रेनले निकालेको बिज्ञप्तिमा भनिएको छ आफ्नो कार्यालयमै भएको हमलाको खबरले एकदमै मर्माहत बनाएको छ हाम्रो मुख्य चिन्ता भनेको हाम्रो कर्मचारीको सुरक्षा हो। तर आफ्नो कार्यक्रमहरू पुनः संचालनमा ल्याउन र जीवनरक्षा कार्य छिटोभन्दाछिटो शुरु गर्न आफू प्रतिबद्ध रहेको सो सहायता निकायले बताएको छ।

हमलापछि सेभ द चिल्ड्रेनले निकालेको बिज्ञप्तीको केही अंश 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here