प्रतिनिधीसभा चुनावः हस्तिहरुको हार

0
1162

२४ मंसिर, काठमाडौं मंसिर १० र २१ मा सम्पन्न प्रदेश र संघको चुनावको घोषित मत परिणामअनुसार प्रतिनिधीसभातर्फ बाम गठबन्धन दुई तिहाई नजिक पुगिरहँदा राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका नेताहरुले अकल्पनीय हार व्यहोरिरहेका छन् । यसरी हार व्यहोर्नेमा कांग्रेसका शीर्ष नेताहरु अग्रपंक्तीमा छन् ।

बहुदलीय व्यवस्था पुनःस्थापित भएदेखि तनहुँबाट चुनाव लडेका कांग्रेस नेता रामचन्द्र पौडेलले पहिलोपटक हार व्यहोरेका छन् । २०४८ सालमा तनुहँको क्षेत्र नं १ बाट विजयी भएका पौडेल २०५१, २०५६, २०६४ र २०७० मा निरन्तर चुनाव जितेपनि २६ बर्षपछि उनलाई एमालेका कृष्णकुमार श्रेष्ठले पराजित गरेका छन् ।

कांग्रेसका गढ भनिएका अन्य जिल्लामा पनि उसका लागि यो चुनाव बिर्सनलायक भइरहेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाका बिश्वासपात्र बिमलेन्द्र निधी धनुषाबाट पराजित भएका छन् । धनुषा ३ मा राजपाका राजेन्द्र महतोसँग निधि २९ सय ३ मतान्तरले पराजित भए ।  उता लगातार ४ पटक बिजयी भएका पूर्ब अर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा. रामशरण महत पनि नुवाकोट क्षेत्र नम्बर १ मा पराजित भएका छन् । उनलाई बामगठबन्धनका हितबहादुर तामाङले ८ हजार ५ सय ५३ मतले हराए । नुवाकोट क्षेत्र नम्बर २ बाट पूर्बमन्त्री कांग्रेस नेता अर्जुननरसिंह केसी पनि पराजित भएका छन् । केसीलाई एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले १० हजार मतान्तरले पराजित गरे । पूर्बसभामुख कांग्रेस नेता दमननाथ ढुंगाना भक्तपुर क्षेत्रनम्बर २ बाट बामगठबन्धनका महेश बस्नेतसँग ११ हजारभन्दा बढी मतले पराजित भए ।

यस्तै कांग्रेसको गढ मानिएको मोरङमा मिनेन्द्र रिजालले क्षेत्र नम्बर २ मा जितरे कांग्रेसको बिउ जोगाउन बाहेक अन्य नेतालाई जनताले पत्याएनन् । त्यहाँ स्थापित नेतामात्र हारेनन् कांग्रेसको गढ नै भत्किएको टिप्पणीहरु भइरहेका छन् । कोइराला परिवारको राजनीतिक विरासत थाम्ने अनुमान गरिएका शशांक र शेखर कोइरालामध्ये एक जना कोइराला त्यो बिरासत जोगाउन असफल भएका छन् । शशांकले नवलपरासीबाट जितेपनि मोरङ क्षेत्र नम्बर ६ बाट शेखर कोइराला एमालेका लालबाबु पण्डितसँग पराजित भए । पण्डितले ३३ हजार ९ सय ४१ मत पाउँदा शेखरले ३३ हजार २ सय ६६ मत पाए । पूर्बमन्त्रीसमेत रहेका कांग्रेस नेता महेश आचार्य मोरङ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदीसँग पराजित भए भने पूर्ब सांसद एवं कांग्रेस पूर्ब जिल्ला सभापति अमृत अर्याल बहालवाला मन्त्री माओवादीका शिव कुमार मण्डलसँग पराजित भएका छन् । यस्तै क्षेत्र नम्बर १ बाट हालका कांग्रेस जिल्ला सभापति डिकबहादुर लिम्बू पूर्बप्रतिद्वन्द्वी घनश्याम खतिवडासँग पराजित भएका छन् खतिवडा संविधानसभा चुनावमा लिम्बूसँगै पराजित नेता हुन् । यस्तै देउवा पत्नी आरजु राणा कैलालीबाट नारदमुनी राणासँग पराजित हुँदा कांग्रेसमा आशा गरिएका यूवा नेता विश्वप्रकाश शर्मा झापा १ बाट गठबन्धनका उम्मेद्वार राम कार्कीसँग पराजित भएका छन् । यस्तै वहालवाला संचारमन्त्री मोहनवहादुर बस्नेत सिन्धुपाल्चोकबाट माओवादीका अग्निप्रसाद सापकोटासँग पराजय भएका छन् ।

यो बाहेक माओवादीका नेताहरु नाराणकाजी श्रेष्ठ र हितमान शाक्य, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जवरा र उनकै पार्टीका अर्का नेता सुनिलवहादुर थापा धनकुटाबाट पराजित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here