१५ मंसिर, काठमाण्डौं । Do You think Buddha Nepalese or Indian? Some Nepalese say Buddha born in Lumbini, part of Nepal. So Buddha was Nepalese not Indian. That’s nonsense I think. In ancient time, one of the small kingdom there. so big Bharat (India) ……..Buddha not Chinese, not Tibetan but Indian. So in ancient time, one great Indian masters of teaching whole Asia.
उल्लेखित हरफहरु भारतमा निर्बासीत जीवन बिताउँदै आएका तिब्बती धर्म गुरु दलाई लामाले त्यहाँस्थित उत्तर प्रदेशको डिएभी सेन्ट्रल पब्लिक स्कूलका लागि युनिभर्सल एथिक्स करिकुलमको सार्बजनिक गर्ने कार्यक्रममा बिद्यार्थीहरुलाई दिएको जवाफको केही अंश मात्र हुन् । पूरा मन्तव्यका लागि
Universal Ethics: His Holiness the Dalai Lama's address at the launch of the Universal Ethics Curriculum for Indian schools prepared by AyurGyan Nyas at DAV Central Public School in Meerut, UP, India on October 16, 2017.
Posted by Dalai Lama on Sunday, October 15, 2017
जसलाई अनुवाद गर्दा ‘बुद्ध नेपाली हो कि भारतीय ? केही नेपालीहरु बुद्ध नेपालको एउटा भू-भाग लुम्बिनीमा जन्मिएकाले उनि नेपाली हुन् भारतीय हैन भन्छन् । मेरो बिचारमा यो सब मुर्ख कुरा हो । बुद्ध न चिनियाँ हुन् न त तिब्बती नै उनी भारतीय हुन् । प्राचीन समयमा एक महान भारतीय गुरुको शिक्षा पूरै एसियामा फैलिएको थियो ।’अक्टोबर १६ को उक्त कार्यक्रममा लामाले दिएको यो अभिव्यक्ति डेढ महिना बित्दा समेत मत्थर हुन सकेको छैन । उनको सो अभिव्यक्ती बिरुद्ध बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संघ संस्था र नेपालका राजनीतिक दलले समेत विज्ञप्ती जारी गरे । धर्मोदय सभाले २३ नोभेम्बरमा जारी गरेको बिज्ञप्तीमा भनिएको छ बुद्ध नेपालमै जन्मेका हुन् भनेर संयुक्त राष्ट्र संघले समेत बिश्वसम्पदा सूचिमा राखिसकेको बिषयलाई भारतमा निर्बासित जीवन बिताइरहेका लामाले भारतलाई खुशी पार्ने अभिप्रायले दिएको अभिव्यक्ती नेपालको सार्बभौमिकतामाथि कै प्रहार भनि टिप्पणी गरेको छ ।
यस्तै राप्रपा राष्ट्रबादीले दलाई लामाको अभिव्यक्तीले ३ करोड नेपालीलाई चोट पुर्याएकाले तत्काल अभिव्यक्ती सच्याउन अनुरोध गरेको छ ।
यसलगत्तै दलाई लामाले २५ नोभेम्बरमा बिज्ञप्ती निकालेर आफूले भनेको कुराको आशय अर्कै लगाइएको भन्दै बचाउ गरेका छन् । उनले भनेका छन् बुद्ध लुम्बिनीमा नै जन्मेका हुन् तर सत्य यो पनि हो कि उनले बुद्धत्व प्राप्त गरेको ठाउँ भारत हो ।












